एकैदिन दुई हजार २० जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ५९ हजार पुग्याे
काठमाडौं - देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार २० संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार २० संक्रमित थपिएका हुन् ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ रहेको छ । पछिल्लो २४ घण्टामा ८७१ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ४३ हजार ८२० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७१ दशमलव १ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार ४५८ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख ९४ हजार ३७३ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ९ हजार ३९५ जना र होम आइसोलेसनमा ८ हजार ८८ जना रहेका छन् । आजसम्म देशभर ७ हजार ७३६ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ३६ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १७३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
यससँगै कुल संक्रमितको संख्या ५९ हजार पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस