काठमाडौं - फेरि लोडशेडिङ हुने हल्ला शुरु भएसंगै विद्युतको विकल्पमा प्रयोग हुने जेनेरेटरको आयात फेरि ह्वात्तै बढ्न थालेको छ छ ।

साउन एक देखि यता मंसिर मसान्तसम्मको ५ महिनाको अवधिमा विभिन्न भंसार नाकाहरुबाट ७०७ थान जेनेरेटर भित्रिएका छन् । यो अवधिमा अघिल्लो वर्ष १५४ थान मात्र जेनेरेटर भित्रिएको थियो ।

त्यस्तै अघिल्लो वर्ष साउन १ देखि मंसिर मसान्तसम्म १ लाख ७७ हजार ९७० वटा व्याट्री आयात भएकोमा सोही अवधिमा यो वर्ष ३ लाख १५ हजार ५९८ वटा व्याट्री आयात भएको जानकारी भंसार विभागले दिएको छ ।