काठमाडौं - शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन ९८ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । बिहिबार पनि सोहि मूल्यमा सुन कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने बढेको छ । शुक्रबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर एक हजार ३ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।