काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार प्रतितोलामा ४ सयले बढेर ८६ हजार ६ सयमा रुपैयाँमा  कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ८६ हजार १५० रुपैयाँ‍ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार चाँदी प्रतितोलाको एक हजार २७० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।