वीरगन्जमा ४ स्वास्थ्यकर्मीसहित थप ५३ जनामा कोरोना पुष्टि
खबर एक्सप्रेस
२०७७-०४-१५ ०८:५२ मा प्रकाशित
Total Shares: 281
वीरगन्ज - वीरगन्जमा चार स्वास्थ्यकर्मीसहित थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालले बुधबार राति सार्वजनिक गरेको रिपोर्ट अनुसार १५ महिला र ३८ पुरुषमा संक्रकण पुष्टि भएको हो ।
जसमा नारायणी अस्पतालका २ चिकित्सकसहित ४ स्वास्थयकर्मी रहेका छन् । संक्रमित ३ वर्षदेखि ६० वर्ष उमेर समूहका रहेका छन् ।
नयाँ संक्रमितमध्ये ३ जना बारा जिल्लाका हुन् । भने बाँकी ५० जना पर्साकै विभिन्न स्थानका रहेको अस्पतालले जनाएको छ ।
कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गइरहेको पर्सामा अहिलेसम्म ७ जनाको मृत्यु भैसकेको छ ।
फेसबुक पेज Like गर्नुहोस