पोखरा जहाज दुर्घटनाः हालसम्म घटनास्थलबाट ३२ जनाको शव निकालियो
खबर एक्सप्रेस
२०७९-१०-०१ १२:०० मा प्रकाशित
Total Shares: 216
काठमाडौं- पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ ।
काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो ।
उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार ११ बजेर ३० मिनेट जा“दासम्म दुर्घटना स्थलबाट ३२ जनाको शव निकालिएको हो । पुुरानो विमानस्थलको पछाडिपट्टि रहको सेती नदी दोभानमा जहाज खसेको थियो ।
फेसबुक पेज Like गर्नुहोस