काठमाडौं - उच्च अदालत पाटनले यसअघि दिएको आदेश खारेज गर्दै काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कायमै रहने आदेश गरेको छ ।

न्यायाधीशहरु डालकुमार खड्का र दीपक खनालको इजलासले पाण्डेले दिएको रिट निवेदन खारेज गरेको हो ।

पाण्डेले आफ्नो निलम्बनविरुद्ध दिएको रिट निवेदनमाथि बुधबार सुनुवाइ भएको थियो । जसमा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले गरेको निलम्बनको निर्णयलाई सदर भएको हो ।

पाण्डेले प्रमुख प्रशासकीय अधिकृत गुरागार्ईँलाई कार्यालय प्रवेशमा अवरोध गरेपछि पदीय मर्यादा विपरीत कार्य गरेको भनी निलम्बन गर्ने निर्णय गरेका थिए।