सन्तोषले उपाधि नजितेपनि नेपालीको मन जिते
खबर एक्सप्रेस
२०७७-०९-०३ ०८:१४ मा प्रकाशित
Total Shares: 236
काठमाडौं - बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० मा प्रतियोगी नेपाली सेफ सन्तोष साह प्रतियोगितामा उत्कृष्ट तीनमा सीमित बनेका छन् ।
बिहीबार बेलुका भएको बीबीसी वानमा प्रसारित अन्तिम प्रतिस्पर्धामा सन्तोष र अर्का एक प्रतियोगीलाई पछि पार्दै बेलायतकै २५ वर्षीय आलेक्स वेबले उपाधि हात पारे।
३२ जना व्यावसायिक सेफबीच शुरु भएको उक्त प्रतियोगितामा टप थ्री पर्नुलाई पनि सन्तोषले ठूलो उपलब्धि मानेका छन् । विश्वसामु नेपाली खाना चिनाउन र लाखौं नेपालीको मन जित्न सफल भएकाले उपाधिभन्दा त्यो महत्वपूर्ण भएको उनले प्रतिक्रिया दिए ।
फेसबुक पेज Like गर्नुहोस