एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियासँग भारत ६६ रनले पराजित
काठमाडौं, एजेन्सी - सिड्नी क्रिकेट मैदानमा सम्पन्न अस्ट्रेलिया र भारतबीचको एकदिवसीय सिरिजको पहिलो खेल अस्ट्रेलियाले जितेको छ । आज (शुक्रबार)देखि शुरु भएको तीन खेलको एकदिवसीय खेल अन्तर्गत पहिलो खेल अस्ट्रेलियाले भारतलाई ६६ रनले पराजित गरेको हो ।
अस्ट्रेलियाले दिएको ३७५ रनको विशाल रनको लक्ष्य पछ्याएको भारतले ५० ओभरमा ८ विकेट गुमाउदै ३०८ रन मात्र बनाएपछि खेल अस्ट्रेलियाले ६६ रनले जितेको हो ।
भारतका लागि हार्दिक पाण्डेय शतकबाट चुक्दै ९० रन बनाए । उनलाई एडम जाम्पाले शतक पूरा गर्न रोके । हार्दिकले ७६ बलमा ७ चौका र ४ छक्का प्रहार गरेका थिए ।
त्यस्तै शिखर धवनले ७४ रन बनाएर आउट भए भने रविन्द्र जडेजाले २५, मयंक अग्रवालले २२, कप्तान विराट कोहलीले २१, नवदीप सैनीले २९, मोहमद सामीले १३ रन बनाएका थिए । त्यस्तै केएल राहुल १२, श्रेयस अय्यर २ र जसप्रित बुमराह शुन्यमा आउट भएका थिए ।
अस्ट्रेलियाका बलर एडम जाम्पाले ४ विकेट लिए भने जोस हजेलवुडले ३ विकेट तथा मिचेल स्टार्कको नाममा एक विकेट रह्यो ।
यस अघि अस्ट्रेलियाले भारतलाई ३७५ रनको लक्ष्य दिएको थियो । टस जितेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ५० ओभरमा ६ विकेट गुमाउदै ३७४ रन बनाएको हो ।
अस्ट्रेलियाका लागि कप्तान एरोन फिन्च र स्टिभ स्मिथले शतकीय पारी खेले । फिन्चले ११४ रन बनाएर आउट भएका थिए । फिन्चले १२४ बल खेल्दै ११४ रन बनाएर आउट भएका थिए । त्यस्तै स्टिभ स्मिथले ६२ बलमा शतक पुरा गर्दै १०५ रन बनाएर आउट भएका थिए ।
डेविड वार्नर ६९ रन बनाएर आउट हुँदा ग्लेन म्याक्सवेलले १९ बलमा ४५ रन बनाए । त्यस्तै मार्कोस स्टोइनिस शुन्यमा आउट भए भने मार्नस लाबुसचांगेले २ रन तथा एलेक्स केरीले १७ र पाट कमिन्सले अविजित १ रन बनाएका थिए । यता भारतीय बलर मोहमद शमीले ३ विकेट लिए भने जसप्रित बुमराह, नवदीप सैनी र युजवेन्द्र चहलले एक एक विकेट लिए ।
तीन खेलको सिरिजमा दोस्रो खेल नोभेम्बर २९ मा सिड्नीमै हुने छ भने तेस्रो तथा अन्तिम खेल डिसेम्बर २ मा क्यानबेरामा हुने छ ।एकदिवसीय सिरिज पछि भारतले अस्ट्रेलियासँग ३ टी(२० तथा ४ टेस्ट खेल्नेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस