मेस्सी र रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्की बने फिफा वर्ष खेलाडी
खबर एक्सप्रेस
२०७७-०९-०३ ०८:१६ मा प्रकाशित
Total Shares: 295
काठमाडौं,एजेन्सी - रोबर्ट लेवान्डोस्की यस वर्षको फिफा वर्ष खेलाडी घोषित भएका छन् ।
लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्की वर्षको उत्कृष्ट पुरुष फुटबलर घोषित भएका हुन् ।
विश्व फुटबलको सर्वोच्च संस्था फिफाले वर्ष खेलाडीको सुचि सार्वजनीक गर्दा लेवान्डोस्की, मेस्सी र रोनाल्डोलाई अन्तिम तीन खेलाडीमा मनोनयन गरेको थियो ।
पोल्याण्डका अन्तराष्ट्रिय फरवार्डले गत सन् ४७ खेलमा ५५ गोल गरेका थिए । जर्मन क्लब बायर्न म्युनिखका खेलाडी लेवान्डोस्कीले बुन्डेसलिगा सहित च्याम्पियनसिप र घरेलु कप समेत उचालेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस