संविधान र लोकतान्त्रिक प्रणाली जोगाउँदै मुलुकलाई सुरक्षित अवतरण गराएको राष्ट्रपतिको दाबी
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतान्त्रिक प्रणालीको रक्षा गर्दै मुलुकलाई सुरक्षित रूपमा अगाडि बढाएको दाबी गरेका छन् ।
कतारको दोहामा मंगलबार सुरु भएको दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले पछिल्ला राजनीतिक उथलपुथल र युवा पुस्ताको आक्रोशका बीचमा पनि आफूले संविधानको संरक्षकको भूमिका ईमानदारीपूर्वक निभाएको बताए ।
उनका अनुसार फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा गरेर मुलुकलाई सफल अवतरण गराइएको हो ।
राष्ट्रपति पौडेलले नेपालमा गत भदौ २३ र २४ मा जेनजीका नाममा देखिएको युवा पुस्ताको आन्दोलनलाई विश्वका विभिन्न देशमा सुशासनका पक्षमा उठेका नागरिक अभियानसँग तुलना गरे।
उनले भने, ‘नेपालका युवाहरूको ऊर्जावान सहभागिता र सकारात्मक दबाबले पनि हाम्रो लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाएको छ।’
उनले फागुन २१ गतेको निर्वाचनले मुलुकलाई राजनीतिक निकास दिँदै सुशासन, विकास र समृद्धिको बाटोमा अघि बढाउने विश्वास व्यक्त गरे ।

.gif)



फेसबुक पेज Like गर्नुहोस