संसद् बैठक सूचना टाँसेर दुई दिन स्थगित गर्ने निर्णय
खबर एक्सप्रेस
२०८१-०२-२७ ११:२० मा प्रकाशित
Total Shares: 67
काठमाडौं-प्रतिनिधि सभाको आज र भोलिको बैठक स्थगित भएको छ ।
सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले सूचना टाँसेर दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो ।
आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो । अब २९ गतेदेखि नियमित छलफल हुनेछ ।
विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक रोक्नुपरेको बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस