कुवेतबाट ३०६ जना नेपाली काठमाडौं आइपुगे
काठमाडौं - लकडाउनका कारण समस्यामा परेका तीन सय छ जना नेपाली आज कुवेतबाट फर्केका छन । कुवेतको जजिरा एयरलायन्सको दुईवटा विमानमार्फत उनीहरु नेपाल आएका हुन । पहिलो उडानमा एकसय ५७ जना र दोश्रो उडानमार्फत १ सय ४९ जना आएका हुन् ।
स्वदेश फर्केकालाई नेपाली सेनाको टोलीले राजधानीस्थित होल्डिङ सेन्टरमार्फत क्वारेन्टिनमा पठाउने ब्यवस्था मिलाइएको छ । कोरोनाका कारण रोजगारी गुमेर अलपत्र परेकाले घर फर्कन पाउदा खुसी लागेको र अव नेपालमै व्यवसाय गरेर बस्ने प्रतिक्रिया दिएका छन् ।
बिहीबार नेपाल आउनेहरु गैरकानुनी हैसियतमा कुवेत बसेर आममाफी पाएका नेपाली महिला कामदार हुन् । उनीहरुलाई गत अप्रिल २६ तारिखदेखि कुवेतले अस्थायी क्याम्प र डिर्पोटेसन सेन्टरमा राखेको थियो । स्वदेश फर्केकाहरुको व्यक्तिगत विवरण संकलन गरेपछि चाहना अनुसार होम, होटल र सरकारी क्वारेन्टिनमा पठाइने सेनाले जनाएको छ ।
कुवेतबाट फर्कन चाहेका सात हजार ९ सय ९१ ले दुतावासमा निवेदन दिएका छन् । तिमध्ये दुई हजार ९ सय ९१ जनाले फर्कने अनुमति प्राप्त गरेका छन् । जस अनुसार पहिलो चरणमा तीन सय जना नेपाली आज फर्केक हुन् ।
उनीहरु बुधबार उनीहरू आउने भनिए पनि कुवेत र नेपालको समय तालिका नमिलेकाले रद्द भएको थियो । यसअघि म्यानमार र युएईवाट पनि अलपत्र परेका नेपाली फर्किसकेका छन ।
फेसबुक पेज Like गर्नुहोस