काठमाडौं, एजेन्सी - स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका छन् ।

कोरोना संक्रमित भएर आईसोलेसनमा बसेका रोनाल्डोको पछिल्लो रिपोर्ट पनि पुनस् पोजेटिभ आएपछि बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका हुन् ।

च्याम्पियन्स लिग फुटबलमा बुधबार रोनाल्डोको टिम युभेन्ट्सले बार्सिलोनासंग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयानुसार राति १स्४५ बजे युभेन्ट्सको मैदानमा हुनेछ ।

नेसन्स लिगमा पोर्चुगलबाट खेल्ने क्रममा रोनाल्डोलाई कोरोना संक्रमण देखिएको थियो । त्यसपछि रोनाल्डो आईसोलेसनमा बसिरहेका छन् ।