प्रिमियर लिगमा विशेष तीन खेलहरु हुँदै
काठमाडौं,एजेन्सी - आज राति प्रिमियर लिगमा विशेष तीन खेलहरु हुँदैछन् । पहिलो खेलमा लिभरपुलले लेस्टर सिटीसँग आमनेसामने गर्दैछ । म्यानचेस्टर सिटीसँग लज्जास्पद हार भोगेको लिभरपुल कमव्याक गर्ने दाउमा रहेको छ ।
यस सिजन लिभरपुलले खासै गतिलो खेल प्रदर्शन गर्न सकिरहेको छैन ।
शिर्ष चारका लागि लिभरपुलले संघर्ष गरिरहेको समिक्षकहरु बताउँछन् । लेस्टर सिटी यस सिजन फर्ममा रहेको छ । लिभरपुल कतै लेस्टर सिटीसँग पराजित हुने त होइन भन्ने अनुमान पनि लगाइएको छ ।
त्यस्तै क्रिस्टल प्यालेसले बन्र्लीसँग खेल्दैछ । उता म्यानचेस्टर सिटीले टोटनहमसँग आमनेसामने गर्दैछ । यस सिजन उच्च फर्ममा रहेको म्यानचेस्टर सिटीलाई टोटनहमले रोक्न सक्ने रणनीति बनाएको समिक्षकहरु बताउँछन् ।
टोटनहमले सन्तुलित खेल प्रदर्शन गर्न सकेको छैन । तर, म्यानसिटीविरुद्ध टोटनहमको खेल भने निकै प्रतिस्पर्धात्मक हुँदै आइरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस