काठमाडौं - शुक्रबारदेखिको अविरल वर्षाका कारण देशका विभिन्‍न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी आइतबार दिउँसोसम्म ६७ जनाको मृत्यु भएको छ। 

नेपाल प्रहरीले जारी गरेको पछिल्लो विवरण अनुसार हाल सम्म २६ जना महिला र ४१ जना  पुरुषको बाढीको कारण मृत्यु भएको हो। बाढी, पहिरो र डुबानमा परी काठमाडौंमा ३ जना, मकवानपुरमा ६ जना, ललितपुर, रौतहट र भोजपुरमा ५-५ जना, ओखलढुंगा, सिराहा र सिन्धुलीमा ४-४ जना, खोटाङ, धनुषा र काभ्रेमा ३-३ जना, झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धादिङ र डोल्पामा २-२ जना तथा ईलाम, पाँचथर, मोरङ, सुनसरी, रामेछाप, चितवन, पाल्पा र दाङमा १र१ जना गरी जम्मा ६७ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमध्ये २६ जना महिला ४१ जना पुरुष रहेका छन्।