यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय [निर्णयसहित]
काठमाडौं - सरकारले २०८२ जेठ पहिलो साता काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले २०८२ जेठ २, ३ र ४ गते काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय भएको जानकारी दिए ।
बैठकले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाभित्रका सम्बन्धित मुद्दाको कामकारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित काठमाडौं उपत्यका मुकाम रहनेगरी उपभोक्ता अदालत गठन गर्ने निर्णय भएको उनले जानकारी दिए ।
त्यसैगरी सरकारले विश्वविद्यालय अनुदान आयोग आर्थिक कार्यविधि नियमावली, २०८१, आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन, २०८१, सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड, २०८१ र नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०८१ समेत स्वीकृत गर्ने निर्णय गरेको छ।
फेसबुक पेज Like गर्नुहोस