लकडाउन साउन ७ सम्म लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं - सररकारले कोरोना भाइरस रोकथामका लागि ११ चैतदेखि लागू गरेको लकडाउनलाई लम्ब्याएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन साउन ७ गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको हो।लकडाउन असार १ गतेदेखि लकडाउन खुकुलो भएपनि पूर्ण रुपमा खुलेको थिएन। अब लकडाउन के हुन्छ भनेर अन्याैल बढिरहेका बेला सरकारले यस्ताे निर्णय गरेकाे हाे।
त्यस्तै आन्तरिक र बाह्य हवाई उडान पनि ७ साउनसम्मका लागि बन्द गरिएको छ। सीमा नाका पनि साउन ७ गतेसम्म रोक्ने निर्णय भएको छ।सरकारले लकडाउन खुकुलो बनाएपनि सुरक्षाका विधि कडाइका साथ लागु गर्न भनेको छ। मन्त्रिपरिषद् बैठकले घर बाहिर जाँदा ‘एसएमएस’ विधि अनिवार्य लागु गर्न निर्देशन दिएको छ। एस अर्थात सामाजिक दूरी, एम अर्थात् मास्क अनिवार्य र एस अर्थात् स्यानिटाइजर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको हो।
फेसबुक पेज Like गर्नुहोस