काठमाडौं - गृहमन्त्री रामबहादुर थापा 'बादल' विरुद्ध उनकै गृहजिल्ला चितवनमा विरोध प्रदर्शन गरिएको छ।

प्रधानमन्त्री केपी ओली समूहले आयोजना गरेको सभामा सहभागी हुन सोमबार गृह जिल्ला आएका मन्त्री बादललाई विरोधस्वरुप कालो बेलुन उडाएर प्रदर्शन गरिएको हो।

कार्यक्रमस्थल भरतपुरको हाकिम चोक जाने क्रममा बादलविरुद्ध नेकपा कार्यकर्ताहरुले बेलुन उडाएर विरोध प्रदर्शन गरेका हुन्।

पूर्वमाओवादी समूहबाट गृहमन्त्री समेत भएका बादल संसद विघटनपछि प्रधानमन्त्री ओली समूहमा आएका थिए।