थप ४८४ जनामा काेराेना संक्रमण, उपत्यकामा १३८ थपिए
खबर एक्सप्रेस
२०७७-०४-२८ ०४:४९ मा प्रकाशित
Total Shares: 318
काठमाडौं - काठमाडौं उपत्यकामा १३८ जनासहित नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको मन्त्रालयले बताएको छ । नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस