परराष्ट्रमन्त्री र जापानी उपविदेशमन्त्रीबीच भेटवार्ता
काठमाडौं-परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जापानका उपविदेशमन्त्री इकुइनो अकिकोबीच भेटवार्ता भएको छ ।
सगरमाथा संवादमा सहभागिताका लागि हाल नेपालमा रहेकी उपविदेशमन्त्री अकिकोले आज सगरमाथा संवाद कार्यक्रमस्थल होटल सोल्टीमा सो साइडलाइन भेट गरेकी हुन् ।
भेटका अवसरमा मन्त्री डा. राणाले उपमन्त्री अकिकोलाई सगरमाथा संवादमा सहभागी भएकोमा धन्यवाद व्यक्त गरिन् । साथै, मन्त्री डा. राणाले सिन्धुली बर्दिबास बाटोको पुनर्निर्माण तथा मर्मत सम्भारका लागि सहयोग गरेकोमा जापान सरकारलाई धन्यवाद ज्ञापन समेत गरिन्।
त्यसैगरी, सो भेटका क्रममा मन्त्री डा. राणा र जापानी उपविदेशमन्त्री बीच दुई देशको सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो ।
त्यस अवसरमा मन्त्री डा. राणाले नेपालको आर्थिक, सामाजिक लागायतका क्षेत्रमा विगत लामो समयदेखि जापानले पुर्याउँदै आएको सहयोगका लागि पनि धन्यवाद ज्ञापन गरेकी थिइन् ।
फेसबुक पेज Like गर्नुहोस