एफए कपः नर्विच सिटी विजयी
काठमाडौं - गएराति भएको एफए कपमा नर्विच सिटीले टोटनहमलाई पेनाल्टी सुटआउटमा पाखा लगाउँदै अर्को चरणमा प्रवेश गर्न सफल भएको छ ।
यस सिजन प्रिमियर लिगमा रेलिगेशनबाट संघर्षरत नर्विचले टोटनहमलाई पराजित गर्न सफल भएको हो ।
मुख्य फरवार्ड खेलाडीहरु घाइते भएपछि टोटनहम गोलीबिनाको बन्दुक भएको प्रशिक्षक जोसे मोउरिन्होले बताएका छन् ।
खेलको १६ औ मिनेटमा जोन भर्टोनजेनले गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए । तर, खेलको ७८ औँ मिनेटमा जोसेफ डिरमिकले गोल गर्दै खेलस्थिति बराबरीमा ल्याएका थिए ।
निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा पनि कुनै पक्षबाट गोल हुन सकेन । पेनाल्टी सुटआउटमा टोटनहम चुक्यो भने नर्विचले बाजी मार्यो ।
फेसबुक पेज Like गर्नुहोस