कंगनाको ट्विटर अकाउन्ट निलम्बि
खबर एक्सप्रेस
२०७८-०१-२१ ०२:१६ मा प्रकाशित
Total Shares: 470
काठमाडौं,एजेन्सी - बलिउड अभिनेत्री कंगना रनावतको ट्विटर अकाउन्ट निलम्बित (सस्पेन्ड) भएको छ।
पश्चिम बंगाल चुनाव परिणाममा ममता बनर्जीमाथि गरिएको टिप्पणीपछि कंगनाको ट्वीटर अकाउन्ट निलम्बित भएको एनडिटिभीले जनाएको छ।
कंगनाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई २००० सालको सुरूको जस्तै विराट रूप लिएर पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीलाई काबूमा राख्न आग्रह गरेकी थिइन्। उनको सो विवादास्पद टिप्पणीपछि अकाउन्ट निलम्बन गर्न माग भएको थियो।
हालै पश्चिम बंगालमा भएको विधानसभाको चुनावमा ममता बेनर्जीको तृणमूल कंग्रेस पार्टीले जितेको हो। उनले आफ्नो चुनावी क्षेत्र नन्दीग्राममा हारे पनि उनको पार्टीले दुई तिहाइ बढी सिट जितेको छ।
फेसबुक पेज Like गर्नुहोस