काठमाडौं - दयाहाङ स्टारर 'कबड्डी कबड्डी कबड्डी' को ट्रेलर सार्वजनिक भएको छ। रामबाबु गुरूङ् निर्देशित सिनेमाको शुक्रबार ट्रेलर रिलिज गरिएको हो।

असोज ३ मा रिलिज हुने सिनेमामा दयाहाङ, उपासना सिंह टकुरी, विल्सन विक्रम राई, कर्मा, विजय बराल, बुद्धि तामाङ, माओत्से गुरूङ तथा रिश्मा गुरूङको मुख्य अभिनय रहेको छ।

सार्वजनिक ट्रेलरले सिनेमा आफ्ना पहिला सिक्वलहरूझैं कमेडीमय रहेको देखाएको छ। सिनेमाको कथा निर्देशक रामबाबु गुरूङ स्वयंले लेखेका हुन्।