काठमाडौं - मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । 

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको अधिवेशन अन्त गर्न सिफारिस गरेको हो ।

आजै दिउँसो प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत प्राप्त गर्न असफल भएको थिए । विश्वासको मत गुमाएसँगै अब नयाँ सरकार गठनको प्रक्रिया अगाडी बढेको छ ।