भारतीय सेना प्रमुख सवार हेलिकोप्टर दुर्घटनाः रावत गम्भीर अवस्थामा अस्पताल भर्ना, ११ जनाको मृत्यु
काठमाडौं,एजेन्सी - भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ । तमिलनाडुको कुन्नुरमा भएको हेलिकोप्टर दुर्घटनामा अहिलेसम्म ११ जनाको मृत्यु भएको छ ।
भारतीय सञ्चामाध्यमका अनुसार हेलिकप्टरमा रावतसहित उनकी पत्नि र वरिष्ठ सैन्य अधिकारीहरु गरी १४ जना सवार थिए । जसमा ११ जनाको मृत्यु भएको दैनिक भास्करले जनाएको छ ।
दुर्घटनामा रावत गम्भिर घाइते भएका छन् । उनलाई वेलिंग्टनको मिलिटरी अस्पतालमा लगिएको छ । तर, उनको अवस्थाबारे कुनै आधिकारिक वक्तव्य जारी गरिएको छैन। यस दुर्घटनाको बारेमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई जानकारी दिइएको छ। दुर्घटनाबारे बुझ्न रक्षामन्त्री राजनाथ सिंह कुन्नूर जाँदैछन् ।
समाचार एजेन्सी एएनआईका अनुसार हेलिकप्टर सुलुर एयरबेसबाट वेलिंगटन जाँदै थियो। हेलिकप्टर १२ बजेर २० मिनेटमा अवतरण स्थलबाट मात्र १० किलोमिटर पर हुँदा दुर्घटना भएको थियो। अहिले घटनास्थलमा चिकित्सक, सेनाका अधिकृत र कोब्रा कमाण्डोको टोली छ । ८५ प्रतिशत जलेकाले फेला परेका शवको पहिचान गर्ने प्रयास भइरहेको छ । पहाड मुनिबाट अझै केही शव देखिन्छन् । सार्वजनिक भएको दुर्घटनाको दृश्यमा हेलिकप्टर पूर्णरुपमा क्षतिग्रस्त र आगो लागेको देखिन्छ ।
जनरल बिपिन रावत देशको पहिलो चीफ अफ डिफेन्स स्टाफ हुन्। जनरल विपिन रावतले ३१ डिसेम्बर २०१६ देखि ३१ डिसेम्बर २०१९ सम्म सेना प्रमुखको रूपमा सेवा गरेका थिए। उनले १ जनवरी २०२० मा चीफ अफ डिफेन्स स्टाफको पदभार ग्रहण गरेका थिए।
फेसबुक पेज Like गर्नुहोस