कोरोनामुक्त भइन् मलाइका
एजेन्सी - बलिउड नायिका तथा आइटम गर्ल मलाइका अरोडा कोरोना संक्रमणबाट मुक्त भएकी छिन् । उनले, आफू कोरोना संक्रमित भएको १४ दिनपछि ठिक भएको बताएकी हुन् ।
मलाइकाले सामाजिक संजालमा स्टाटस लेख्दै आफू कोरोनामुक्त भएको बताएकी छिन् । उनले लेखेकी छिन्–‘केही दिनपछि म मेरो कोठा भन्दा बाहिर छु । म भाग्यमानी रहेँ, किनकी मलाई यो भाइरसले निकै कम मात्र दुःख दियो । मलाई यो समयमा साथ र हौसला दिने सबैलाई धन्यवाद ।’
सेप्टेम्बर ७ मा नायक अर्जुन कपुर र नायिका मलाइका अरोडामा कोरोना संक्रमण भएको पुष्टी भएको थियो । यसपछि, उनीहरु होम क्वारेन्टाइनमा रहँदै आएका छन् । उनले, सबैलाई सुरक्षित रहन अपिल समेत गरेकी छन् ।
बलिउडका अन्य कलाकारहरु नायक अमिताभ बच्चन, अभिषेक बच्चन, नायिका ऐश्वर्या राय, निर्माता करिम मोरानी, गायिका कनिका कपुर, नायिका जेनेलिया डिसुजा लगायतका बलिउडकर्मी पनि कोरोनामुक्त भएका थिए ।
फेसबुक पेज Like गर्नुहोस