काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली नेकपा उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैंसेपाटी पुगेका छन्।

शुक्रबार साँझ प्रधानमन्त्री ओली उपाध्यक्ष गौतमलाई भेट्न भैंसेपाटीस्थित निवासमा पुगेका हुन् । भेटमा नेताहरु सुवास नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि सहभागी छन् । उनीहरुबिच हाल छलफल भइरहेको स्रोतले बताएको छ ।