रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
उनी भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत गएका हुन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार जेठ १८ गते भारत गएका लामिछाने जेठ २२ गते नेपाल फर्कनेछन् ।
फागुन २१ को निर्वाचनपछि प्रतिनिधिसभामा झन्डै दुई तिहाइको बहुमत प्राप्त गरेको रास्वपाका तर्फबाट पार्टी प्रमुखको हैसियतले हुन लागेको यो पहिलो विदेश भ्रमण हो ।
यो भ्रमण सत्तारूढ दलको प्रमुखको हैसियतमा लामिछानेको पहिलो उच्चस्तरीय विदेश भ्रमण मानिएको छ। भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, सडक तथा राजमार्ग मन्त्री नितिन गडकरी लगायत उच्च अधिकारीसँग भेटघाट हुने सम्भावना छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस