काठमाडौं -  दोलखामा फेरि ३ किलो सुनसहित थप एक जना पक्राउ परेका छन्। बुधबार राति मात्रै दोलखाको सिंगटीबाट ४ किलो सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो।

त्यसपछि फेरि थप ३ किलो सुन बरामद भएको हो। सँगै थप एक जना पनि पक्राउ परेका छन्। चीनबाट तस्करी गरेर ल्याउँदै गरेको ३ किलो सुनसहित शुक्रबार दोलखाको जामुनेमा केशव तामाङ पक्राउ परेको प्रहरीले जनाएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो। चीनको बोर्डरबाट लामाबगर हुँदै सुन भित्रिएको हुनसक्ने अनुमान छ।