डब्ल्युएचओको टोली कोरोना प्रभावित क्षेत्र उदयपुरको भुल्केमा
काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को टोली उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३, भुल्केमा पुगेको छ । २८ जना कोरोना सङ्क्रमित पुष्टि भएको भुल्केमा विश्व स्वास्थ्य संगठनको टोली पुगेको हो ।
कोरोनाबाट उत्पन्न समस्याको विषयमा बुझ्न राजन पटेलको नेतृत्वमा टोली उदयपुर पुगेको हो ।
यसअघि स्वास्थ्य सेवा विभाग टेकुका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका लीलाविक्रम थापा, प्रदिप रिमाल, पशुसेवा विभागका डा. सुजन रानाको टोली पनि भुल्केमा पुगिसकेको छ ।
उक्त टोलीले सङ्क्रमित क्षेत्रको अवस्था विश्लेषण गरि अवको रणनीतिको बारेमा कोरोना नियन्त्रण उच्च स्तरिय संयन्त्रलाई सुझाव पेश गर्नेछ । स्वास्थ्य कार्यालय उदयपुर र नगरपालिकालाई सहयोग पुर्याउनको लागि टोली आएको टोलीका एक सदस्यले बताए ।
कोरोना कहाँ र कसरी भित्रियो, सङ्क्रमण कुन तहमा जादैछ, कोरोना कसरी फैलँदै छ भन्ने विषयमा स्वाब संकलन गरिएको रिपोर्ट र टोलीले गरेको स्थलगत अनुसन्धानको आधारमा मात्र निष्कर्ष निकालिने टोलीको ठहर छ ।
उक्त टोलीले सङ्क्रमित क्षेत्रको अवस्था विश्लेषण गरि अवको रणनीतिको बारेमा कोरोना नियन्त्रण उच्चस्तरीय संयन्त्रलाई सुझाव पेस गर्नेछ ।
फेसबुक पेज Like गर्नुहोस