राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने कांग्रेसको निर्णय
खबर एक्सप्रेस
२०८०-११-२६ १२:२० मा प्रकाशित
Total Shares: 126
काठमाडौं - नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा आज बसेको पदाधिकारीको बैठकले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
कांग्रेसले विपक्षमा रहेका अन्य दलसँग पनि राष्ट्रिय सभाको अध्यक्षमा सहयोग खोज्न छलफल गर्ने निर्णय गरेको छ ।
उम्मेदवारको चयन भने राष्ट्रिय सभाका सदस्यको बैठक पछि गर्ने कांग्रेसले जनाएको छ ।
राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ६ वर्षे कार्यकाल सकेर बिदा भएपछि यो पद खाली छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस