चेल्सीको मुख्य प्रशिक्षकमा टुचेल नियुक्त
काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले मुख्य प्रशिक्षकमा थोमस टुचेललाई नियुक्त गरेको छ ।
फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको १ दिनमै चेल्सीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का पुर्व प्रशिक्षक टुचेललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । चेल्सीले ४७ वर्षीय टुचेललाई १८ महिनाको लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
टुचेलले यसअघि फ्रेन्च क्लब पीएसजीमा दुई लिग उपाधि, फ्रेन्च कप र फ्रेन्च लिग कप जितेका थिए । टुचेल सन् २००३ पछि चेल्सीको प्रशिक्षक हुने ११औं प्रशिक्षक हुन् ।
मुख्य प्रशिक्षक नियुक्त भएपछि टुचेलले नयाँ टिमसँग काम गर्न निकै उत्साहित भएको बताएका छन् । ‘म नयाँ टिम भट्न आतुर छु र उत्कृष्ट लिग फुटबलमा प्रतिस्पर्धा गर्न तयार छु ।’ उनले भने ।

.gif)



फेसबुक पेज Like गर्नुहोस