काठमाडौं - सरकार गठन भएको दुई वर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । संसदमा प्रधानमन्त्री ओलीले सार्वजनिक महत्वको विषयमा सम्बोधन गर्ने कार्यक्रम तय भएको संसद सचिवालयले जानकारी दिएको छ ।

संघीय सरकारले काम सुरु गरेको दुई वर्ष पुगेको अवसरमा प्रतिनिधि सभाबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका हुन् । सचिवालयका अनुसार दिउँसो २ बजे बस्ने प्रतिनिधि सभाको बैठकको सुरुमै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने छन् ।

संसदको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री ओलीको सम्बोधनपछि शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले शिक्षा सम्बन्धी ऐन संशोधन गर्ने विधेयक सम्बन्धी समितिको प्रतिवेदन, ०७६ पेश गर्नेलगायतका कार्यक्रम रहेको सचिवाालयले जनाएको छ । ३ फागुन ०७४ मा ओली नेपाल सरकारको प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।