काठमाडौं - कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठक आज बस्दैछ ।

बैठक साँझ ५ बजे सिंहदरबारमा बस्ने स्रोतले बताएको छ । आजको बैठकमा कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।

सरकारले देशव्यापी रुपमा जारी गरेको लकडाउनको अन्त्य गरेसँगै काठमाडौँ उपत्यकालगायत अन्य क्षेत्रमा दिनप्रतिदिन कोरोना संक्रमण बढिरहेको छ । जोखिम कम गर्नका लागि हाल विभिन्न स्थानिय तहले निषेधाज्ञा जारी गरेका छन्।