काठमाडौं - रियल मड्रिडले स्टार खेलाडी करिम बेन्जेमासँग नयाँ सम्झौता गरेको छ । क्लबले गरेको नयाँ सम्झौता अनुसार उनी अब रियलमा सन् २०२२ सम्म रहनेछन् ।रियलबाट लामो समयदेखि व्यवसायिक फुटबल खेल्दै आइरहेका उनी यस सिजन उच्च फर्ममा रहेका छन् ।

उनको सम्झौता सन् २०२१ सम्म रहेको थियो भने यसलाई क्लबले लम्बाउँदै एक वर्ष थप गरेको हो । ३२ वर्षिय स्टार रियलका प्रमुख खेलाडी हुन् ।

उनी अन्य क्लब जान नचाहेको र रियलमा नै खेल्न चाहेका कारण क्लबले उनको मनको कुरा बुझेको मिडिया रिपोर्टमा उल्लेख छ ।लामो समयदेखि रियलमा रहेका उनी अन्य क्लब जाने हल्ला व्यापक चलेको थियो । तर, रियलसँगको सुमधुर सम्बन्धका कारण उनी क्लबकै विशेष खेलाडी बन्न पुगे ।