काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ४६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १०४१२ र एन्टिजेन विधिबाट ४१४४  जनामा परिक्षण गर्दा जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४९ हजार २०४ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १०४१ जना पुगेको छ।  

यस्तै, आज थप ३५० जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख १६ हजार ३ जना पुगेको छ ।  

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ४ को मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६१७ छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ रहेको छ ।