काठमाडौं - कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। योसहित ज्यान गुमाउनेको संख्या २३९ पुगेको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २३९ पुगेको हो। 

त्यस्तै पछिल्लो २४ घण्टामा १०६९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना ७६८ जनाले कोरोना जितेका छन्।

हालसम्म कोरोना जित्नेको संख्या २२ हजार १ सय ७८ पुगेको छ। देशभर हाल सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १२ रहेको छ। १२ हजार ८८ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ७ लाख ५ हजार बढीको पीसीआर परीक्षण भएको छ।