काठमाडौं - विद्युतमा लगाइएको कर हटाउन तथा डेडिकेटेड र ट्रंक लाइनको लामो समयदेखिको बक्यौता रकम असुल गर्न दबाब दिने उद्देश्यले ‘उज्यालो नेपाल पार्टी’ले देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ।
पार्टी अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा भदौ १ गतेदेखि २४ गतेसम्म देशभर अभियान सञ्चालन गर्न लागिएको हो। ‘तपाईंको हस्ताक्षर, तपाईंको आवाज’ नारासहित सञ्चालन हुने अभियानको उद्घाटन जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले गर्ने तय भएको छ।
अभियानको औपचारिक सुरुवात भदौ १ गते बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलाबाट हुनेछ।
उज्यालो नेपाल पार्टीको भ्रातृ संगठन ‘युवा तथा खेलकुद महासंघ’को संयोजनमा सञ्चालन हुने अभियानमार्फत सरकारले विद्युत् महसुलबापत उठाउन बाँकी रहेको अर्बौँ रुपैयाँ बक्यौता असुल गर्नुपर्ने तथा सर्वसाधारणलाई मार पर्ने गरी लगाइएको विद्युत् कर हटाउनुपर्ने माग अघि सारिनेछ।

.gif)


