काठमाडौं,एजेन्सी - युभेन्ट्स इटालियन सिरी ‘ए’ को चौथो स्थानमा उक्लेको छ । गएराति भएको खेलमा युभेन्ट्सले बोलोग्नालाई २-० ले पराजित गरेको हो ।

खेलको १५औं मिनेटमा अर्थरले गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ७१औं मिनेटमा वेस्टन म्याकिन्नीले गोल गर्दै युभेन्टसलाई २–० को जित दिलाए ।

जितसँगै युभेन्टस १८ खेलबाट ३६ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित बोलोग्ना २० अंक जोडेर १३औं स्थानमा छ ।