युवा देशका मेरुदण्ड हुन् युवा प्रधानमन्त्री : बस्नेत
दोलखा - भीमेश्वर नगरपालिकाले आयोजना गरेको नमूना युवा संसद को प्रधानमन्त्रीमा दोलखाका सामाजिक कार्यमा क्रियाशील युवा राजन बस्नेत निर्वाचित भएका छन । उनले निर्वाचित लगत्तै युवा देश का मेरुदण्ड भएको बताए ।
दोलखाको भीमेश्वर नगरपालिकाले नमुना युवा संसद सञ्चालन गरेको छ ।
युवा पुस्तालाई व्यवस्थापिका संसदको प्रक्रिया र नीतिगत व्यवस्थाबारे जानकारी गराउने उद्धेश्यले भीमेश्वर नगरपालिकाका युवाहरूलाई संलग्न गराएर नमुना युवा संसद सञ्चालन गरिएको हो ।
नमूना युवा संसद को सभामुख पदमा भी न पा ९ का युवा भीमबहादुर खत्री , गृहमन्त्री मा भीनपा ४ का दिनेश चौलागाईं , शिक्षा तथा खेलकुद मन्त्री मा भीनपा १का विकल्प थामी ,स्वास्थ मन्त्रीमा भी.न.पा ४ कि सबिना चौलागाईं , प्रमुख प्रतिपक्ष दलका नेता मा भी न पा ७ का महेश भुजेल , प्रमुख सचेतक मा भी न पा ९ कि रन्जिता भुजेल लगाएत निर्वाचित भएको भीमेश्वर नगरपालिका शिक्षा शाखाका अधिकृत अर्जुन कार्कीले जानकारी दिए ।
सरकार, सांसद र प्रतिपक्षीको अभ्यास गरिएको संसदमा सरकारको निति तथा कार्यक्रम माथी विपक्षी दलका सांसदहरुले प्रश्न उठाएका थिए । भने सत्तापक्षका प्रधानमन्त्री तथा मन्त्रीहरुले जवाफ दिएका थिए ।
सदनमा सबैको प्रतिनिधित्व हुने गरी समावेशी मन्त्रीपरिषद् गठन गरिएको थियो । नेपालको संविधान २०७२ को विधिअनुसार नमूना संसदको कारवाही अघि बढेको हो ।
उनीहरूले युवा संसद र सरकारको अभ्यास गर्दै कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको गतिविधि, कोरोनाका कारण रोकिएको शैक्षिक गतिविधिलाई अघि बढाउन सरकारको निती, नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेकको भुमि फिर्ता गर्न सरकारको रणनिति लगाएतका विषयमा छलफल गरेको थियो ।
राष्ट्रिय युवा परिषद्ले स्थानीय तहमा युवाको सशक्तिकरण तथा सामाजिक, राजनीतिक, शैक्षिक मूल प्रवाहिकरणमा सहभागिता खोज्न यसप्रकारको नमूना कार्यक्रम सञ्चालनमा ल्याएको हो । भविष्यमा नेतृत्व तहमा सक्षम जनशक्ति पुर्याउने लक्ष्यका साथ सञ्चालित कार्यक्रममा १६ देखि २४ वर्षका युवा सहभागी छन् ।
युवा प्रधानमन्त्री बस्नेतले युवाहरुको हक ,अधिकार र संरक्षण मा सक्रिय भएर लाग्ने प्रतिबद्धता बेक्त गर्दै सुखी नेपाली समृद्धि नेपाल निर्माण गर्नका लागि युवाहरु एक जुट भएर अगाडि बढ्नुको विकल्प नरहेको जिकिर गरे ।
कार्यक्रममा बोल्दै भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले नमुना युवा संसद को अभ्यासबाट युवाको क्षमतामा वृद्धि विकास हुनुका साथै युवाहरुमा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न सहयोग पुग्ने धारणा बेक्त गरे ।
कार्यक्रममा भीमेश्वर नगरपालिकाको उपमेयर कमला बस्नेत वडा अध्यक्षहरु लगायत को उपस्तिथि रहेको थियो । कार्यक्रम कोरोनाको बीच भौतिक दुरी कायम गरी सम्पन्न भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस