संक्रमण चितुवाको आक्रमणबाट दुई जनाको मृत्यु
खबर एक्सप्रेस
२०७७-०७-२५ ०४:१० मा प्रकाशित
Total Shares: 323
काठमाडौं,डडेल्धुरा - डडेल्धुरामा चितुवाको आक्रमणमा परी दुईजनाको ज्यान गएको छ ।
भागेश्वर गाउँपालिका वडा नम्बर–१ का १२ वर्षीय दिलिप साउद र शिवनाथ गाउँपालिका वडा नम्बर–४ की २१ वर्षीया मायाकुमारी महताको चितुवाकोे आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
घाँस काटिरहेको बेला चितुवाले आक्रमण गर्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आक्रमणबाट मृत्यु भएकी किशोरीलाई चितुवाले खाइरहेको अवस्थामा स्थानीयले ढुंगामुढा गरी चितुवा पनि मारेका छन् । सोको प्रतिकार गर्दा घाइते भएका केहीको उपचार भइरहेको जनाइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस