काठमाडौं - युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक शेयर बाँडाफाँड सम्पन्न भएको छ । युनियन लाइफ इन्स्योरेन्स कम्पनीेको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने २१ लाख ८२ हजार ७ सय ७५ आवेदन मध्ये दोहोरो आवेदनका कारणबाट रद्ध भएका ४ हजार ८ सय १ तथा अन्य कारणबाट आवेदन रद्ध भएका ६५ हजार १ सय ७५ बाहेक बाँकी रहेका योग्य आवेदनहरु २१ लाख १२ हजार ७ सय ९९ वटा मध्येबाट ५ लाख ८० हजार ५ सय जनालाई न्यूनतम १० इकाई पाएका छन् । 

सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिट लिमिटेडले असार २४ गते देखि २८ गते सम्म सार्वजनिक निष्काशन खुला गरिएको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक निष्काशनमा निष्काशन गरिएको कूल शेयर ६४ लाख ५० हजार कित्तामध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर ३ लाख २२ हजार ५०० कित्ता तथा कर्मचारीलाई ५ प्रतिशत बराबर ३ लाख  २२ हजार ५०० कित्ता छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएकोमा निष्काशनको करिब ५.९२ गुणा सम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसार बाँडफाँड सम्पन्न गरिएको हो । 

बाँडफाँडको नतिजा बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट, यूनियन लाइफ इन्स्योरेन्सकाे वेबसाइट र सीडीएस एन्ड क्लियरिङको वेबसाइटमार्फत आईपीओकाे नतिजा हेर्न सकिन्छ ।