विदेशबाट आउनेलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने
खबर एक्सप्रेस
२०७७-०८-०७ ०६:१७ मा प्रकाशित
Total Shares: 402
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट आउनेलाई १४ दिन अनिर्वाय क्वारेन्टिनमा राख्ने व्यवस्था गर्न सिफारिस गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले स्थलमार्ग वा हवाइमार्गबाट नेपाल आउने सबैलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्न कोरोना संकट व्यवस्थापन केन्द्रलाई पत्राचार गर्ने निर्णय गरेको जानकारी दिएका हुन्।
पछिल्लो समय यसको कार्यान्वयन भएको थिएन ।
फेसबुक पेज Like गर्नुहोस