इन्टर मिलान सिरी ‘ए’ को शीर्षस्थानमा
काठमाडौं,एजेन्सी - इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा लाजियोलाई ३-१ ले हराउँदै इन्टर शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।
खेलको २२औं मिनेटमा रोमेलु लुकाकुले पेनाल्टी गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । ४५औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे । ६१औं मिनेटमा लाजियोका सेरगेज मिलिन्कोभिक साभिकले गोल गर्दै खेलमा फर्कने कोसिस गरे तर, ६४ औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै इन्टरलाई ३-१ को जित दिलाए ।
जितसँगै शीर्षस्थानमा उक्लिएको इन्टरले २२ खेलबाट ५० अंक जोडेको छ । दोस्रो स्थानको एसी मिलानको समान खेलबाट ४९ अंक छ । पराजित लाजियो भने ४० अंक जोडेर सातौं स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस