लमजुङमा जिप दुर्घटनाः तीन जनाको मृत्यु, ६ जना घाइते
खबर एक्सप्रेस
२०७८-०८-२३ ०१:२६ मा प्रकाशित
Total Shares: 230
काठमाडौं,लमजुङ - लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ भुस्मे नजिकै कालिमाटीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
मर्स्याङ्दी गाउँपालिका–९ सिम्पानीबाट वडा नम्बर ८ भुस्मे माथि पिसहिल स्टेशनतर्फ जाँदै गरेको ग १ ज ६३१७ नम्बरको जिप बिहीबार बिहान साढे १० बजेतिर दुर्घटना भएको हो ।
गणेश माध्यमिक विद्यालय सिम्पानीका शिक्षक र विद्यार्थी बोकेर गएको जिप सडकबाट डेढसय मिटर तल खसेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा शिक्षक र विद्यार्थी छन् ।
घाइते ६ जनालाई स्थानीय, प्रहरीले उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस