कर्मचारीलाई प्रहरीले बाटोमै रोकेपछि उपत्यकामा बिहीबार सबै बैंक बन्द
काठमाडौं - बैंकका कर्मचारीहरुलाई प्रहरीले बाटोमै रोकेपछि बिहीबार उपत्यकामा बैंक तथा वित्तीय संस्थाहरु बन्द भएका छन् । कर्मचारीहरु कार्यालय जान नपाएपछि नेपाल बैंकर्स संघले बिहीबारको लागि उपत्यकाका सबै शाखाहरु बन्द गर्न आह्वान गरेको छ ।
निषेधाज्ञामा बैंक तथा वित्तीय संस्थाका शाखा खुला गर्ने व्यवस्था भए पनि सुरक्षाकर्मीले कार्यालय हिँडेका कर्मचारीलाई रोक लगाएका थिए। अनावश्यक रुपमा हिँड्ने मानिसलाई सरह बैंकका कर्मचारीलाई व्यवहार गरिएपछि बैंकर्स संघले उपत्यकाभित्रका सबै शाखा बन्द गर्न भनेको हो।
जिल्ला प्रशासन कार्यालयले एक साताको लागि उपत्यकामा निशेधाज्ञा जारी गरे पनि न्यूनतम बैंकिङ सेवालाई सुचारु राख्न प्रशासनले सहमति लिएको थियो । सो सहमतिपछि राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थालाई न्यूनतम कारोबार सूचारु राख्न निर्देशन दिएको थियो ।
तर, प्रशासनले पूर्व प्रतिवद्धताअनुसार बैंकका कर्मचारीलाई कार्यालय जान अवरोध गरेपछि बैंक खुला गर्न नसक्ने निर्णयमा पुगेको बैंकर्स संघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस