युभेन्ट्सको सहज जित, रोनाल्डोको कीर्तिमान
काठमाडौं,एजेन्सी - इटालियन सिरी एमा युभेन्ट्सले सहज जित दर्ता गरेको छ । गएराति भएको खेलमा युभेन्ट्सले स्पेजियालाई ३-०ले पराजित गरेको हो ।
पहिलो हाफक खेल गोलरहित बराबरीमा सकिएको थियो । ६२औं मिनेटमा अल्भारो मोराटाको गोलबाट युभेन्टसले अग्रता लिएको थियो । खेलको ७१औं मिनेटमा फेडरिको चिइसाले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे ।
त्यसपछि ८९ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई ३-० को सहज जित दिलाए । सिजन लिगमा रोनाल्डोको यो २०औं गोल हो । उनी लगातार १२ सिजन युरोपको शीर्ष ५ लिगमा २० गोल गर्ने पहिलो खेलाडीसमेत बनेका छन् ।
जितसँगै युभेन्ट्स २४ खेलबाट ४९ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित स्पेजिया २५ अंक जोडेर १६औं स्थानमा रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस