अभिनेता अक्षयलाई कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७७-१२-२२ १२:५८ मा प्रकाशित
Total Shares: 287
काठमाडौं - बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना भाइरस संक्रमण भएको छ । भारतमा तीव्र गतिमा कोरोनाको महामारी फैलिरहेको बेलामा अक्षयलाई संक्रमण देखिएको हो ।
अभिनेता अक्षयले आइतबार बिहान सामाजिक संजालमार्फत आफूमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् । उनी हाल होम क्वारेन्टिनमा बसेका छन् । ‘म सबैलाई जानकारी दिन चाहन्छु कि, मलाई कोरोना संक्रमण देखिएको छ । मैले सबै नियमलाई पछ्याइरहेको छु । मैले आफूलाई तुरुन्तै आइसोलेट गरेको छु । म होम क्वारेन्टाइनमा छु । र डाक्टरको नियमित सम्पर्कमा पनि छु । उनले भनेका छन् । ’
फेसबुक पेज Like गर्नुहोस