कोशी सरकारको मन्त्रिपरिषद्को बैठक आज धनकुटामा बस्दै
खबर एक्सप्रेस
२०८०-१२-१३ ११:४२ मा प्रकाशित
Total Shares: 187
धनकुटा - कोशी प्रदेश सरकारको आज धनकुटामा मन्त्रिपरिषद्को बैठक बस्दै छ । कोशी प्रदेशको धनकुटास्थित सम्पर्क कार्यालयमा मंगलबार मन्त्रिपरिषद्को बैठक बस्ने उनको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री कार्कीले विगतका सरकारले स्थापना गरेको धनकुटाको सम्पर्क कार्यालय अब नियमित सञ्चालन हुने बताएका छन् ।
मन्त्रिपरिषद्को बैठकमा सहभागी हुन धनकुटा पुगेका मुख्यमन्त्री कार्की आज धनकुटामा आयोजना हुने प्रदेश योजना आयोगको योजना तर्जुमा सुझाव सङ्कलन कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविकासँगको अन्तरक्रिया, धनकुटा औद्योगिक ग्रामको अवलोकन, खेलाडी सम्मान कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस